भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
काठमाडौं, १४ पुस । सिन्धुपाल्चोककी जेठी तामाङको पुस्तौंदेखिको बास गत बैशाख १२ गते गएको बिनाशकारी शक्तिशाली भूकम्पले उखेल्यो । त्यसपछि उनको आश्रयस्थल बन्यो काठमाडौंको बौद्धस्थित टुसाल । भूकम्पपछि यस स्थानमा बस्दै आएकी तामाङले आजसम्म सरकारी राहतका नाममा केहि पाएकी छैनन् । दशैं मान्न सरकारले केहि रकम दिन्छ रे भन्ने सुनेकी तामाङको दशैं तिहार सबै आशै आशमा बित्यो । जाडोमा त सरकारले १० हजार दिन्छ रे, त्यो पैसाले जाडोका केहि जोर न्यानो कपडा किनौंला भनेकी उनले आजसम्म जाडोका नाममा पनि केहि पाएकी छैनन् ।
राहत आउँदै नआउने पनि होइनन् । तर, आएका राहत त्यहाँको समितिले गेटबाटै फर्काउँने गरेको उनको दुखेसो छ । केहि दयालुहरुले समितिबाट लुकीछिपी बच्चाहरलाई केहि खानेकुरा र लत्ता कपडा दिएर जान्छन् । तर, त्यो दयालु मनले मात्रै यहाँका भूकम्प पीडितहरुको जाडो छेकीने अवस्था छैन । करिब ४ सय घर धुरी सिन्धुपाल्चोकबासी यस स्थानमा बस्छन् । भूकम्पले उनीहरुको घरबास उखेल्यो । नाकाबन्दीले उनीहरुको गास खोसिने अवस्था छ । बजार भाउ आकाशिएको छ । बजारमा ग्यास, तेल पाईदैन्, उनीहरु गुजारा चलाउँनका लागि सिन्धुपाल्चोकमा आफ्ना भत्किएका घरका डाँडा, भाटा निकालेर ल्याउन खोज्छन्, तर प्रहरीले बाटोमै समात्छ । प्रहरीले समात्ने मात्रै कहाँ हो र त्यहि दाउरा पनि निकाल्छ र आधा पठाउँछ ।
अहिलेको केपी ओली सरकारले धेरै राम्रो काम गर्ला भन्ने यहाँका पीडितहरुले आश राखेका थिए । एमाले सरकारले नै एकल महिला तथा बृद्धबृद्धाका लागि भत्ताको व्यवस्था गरेकाले पनि उनहरुले यस्तो राखेका रहेछन् । उनीहरुको यो आश मरिनै सकेको छ । बर्खामा चुहिनो छानो र सर्पको त्रासमा बिताएका यहाँका पीडितहरुले देशमा शान्ति आउन र आफूहरुले राहत पाउन राजा नै आउनु पर्ने बताउँछन् । उनीहरुले भक्कानिँदै आफ्नो अवस्था आमा बाबु एकै पटक मरेका सन्तानको जस्तो भएको भन्दै राजाबिनाको देशपनि आफूजस्तै गरि अस्तब्यस्त भएको बताए । शिविरमा बस्दै आएकी फूल माया मोक्तानले रुँदै भन्छिन्, ‘राजा भैदिएको भए हाम्रो दुःख यस्तो हुदैनथ्यो, राजा आए कम्तीमा हाम्रा दुःख बुझ्छन् । पैसा छैन, काम पनि पाइँदैन । हामी बाबु आमा एकैचोटी मरेका छोराछोरी जस्तै भयौं ।’
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment