सेना ,प्रहरी र कर्मचारीले भुकम्प पीडितको राहत रक्सी र लोकल कुखुरासँग साटेको खुलासा

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






पुस १५, २०७२-
नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट नै राहत सामग्री हरायो भन्दा सबैलाई अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ पनि मुस्किल पर्छ । तर, घटनाले त्यही नै पुष्टि गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडितहरु छक्क परेका छन् । ‘कार्टुनभित्र बाल्टी, थाल र प्रेसर कुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘तर कार्टुनबाट प्रेसर कुकर गायब पारियो । थाल र बाल्टी जस्ताको तस्तै नै छ ।’

भूकम्पका बेला जिविसको गोदामको सुरक्षाको लागि जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो । प्रहरीले नै राहत सामग्रीहरु चोरेपछि गोदाम नेपाली सेनाको ब्यारेक भित्र सारियो । ब्यारेकको भण्डार कक्षबाट पनि स्तरीय, महँगा र राम्रा राहत सामग्रीहरु हराएको स्रोतले बतायो ।

‘राहत सामग्रीहरु कर्मचारी, सेना प्रहरीले रक्सी तथा लोकल कुखुरासँग साटेर भोज गरे’, उनले भने । भोजमा प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएको ब्यारेकका एक स्रोतले जनाएको छ । कति राहत सामग्री आए, कति गोदाममा नै बाँकी छ आधिकारिक तथ्यांक समितिसँग पनि छैन।

‘सयौं राम्रा-राम्रा टेन्ट, ब्ल्यांकेट, कुकर, फिल्टर र चामललगायत खाद्यान्न कर्मचारी र सेना प्रहरीका अधिकृतहरुको घरसम्म पुर्‍याएँ,’ गोदाममा खटिएका कर्मचारीले भने ।

प्रजिअ उद्धव तिमल्सेनाले गोदाम हेर्न तनहुँ व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हडखलेलाई काज सरुवा गरेर ल्याएका थिए ।

उनैले सबैभन्दा बढी राहतमा अनियमितता गरेको स्रोतले दाबी गरेको छ । प्रजिअ र राजनीतिक दलको निर्देशनमा उनले राहत सामग्री वितरण गरेका थिए ।

समितिको निर्देशनमा मात्रै राहत सामग्री बाँडेको प्रजिअ तिमल्सेनाले दाबी गरे । उनले ब्यारेकभित्र गोदामको सामग्री हराउनु नपर्ने बताए । ‘राहत सामग्री आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको रेडक्रसलाई जिम्मा लगाउने निर्णय भएको छ,’ उनले भने । पहुँचका आधारमा भन्दा पनि आवश्यकताका आधारमा मात्र सामग्री वितरण गरिएको दाबी उनले गरे ।

राजनीतिक दलहरू पनि राहत अनियमितता गर्नबाट अछुतो भने रहेनन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाललगायत ८ पार्टीलाई स्तरीय म्याट भागबन्डा गरेर वितरण गरियो । भूकम्पपीडितका लागि आएको म्याट पार्टीहरूले भागबन्डा गरेर लिएका हुन् । १ हजार ५ सय म्याट आफूखुसी बाँडेर सकिएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment