भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
मुम्बई–मुम्बईबाट लण्डन जाँदै गरेको एअर इण्डियाको एआइ–१३१ जहाज भित्र मुसा दौडिएको देखिएपछि हलचल भएको छ। विमानभित्र मुसा देखिएपछि लण्डन जाँदै गरेको विमानलाई बुधबार दिउँसो फर्काएर मुम्बइ ल्याण्ड गर्नुपरेको भारतीय संचारमाध्यमले जनाएका छन्। संचारमाध्यमका अनुसार एअर इण्डियाको सो विमान बुधबार विहान स्थानीय समयअनुसार ७ बजेर ५३ मिनेटमा मुम्बइबाट लण्डनको उडान भरेको थियो। विमान इरानको राजधानी तेहरान नजिक पुगेपछि विमानभित्र मुसा रहेको थाहा भएको थियो।
विमानको क्याविनका क्रु सदस्यले विमानभित्र मुसा भएको सूचना चालकदलका सदस्यलाई दिएका थिए। यात्रिको सुरक्षालाई ध्यानमा राख्दै विमान फिर्ता लगेर मुम्बईको धत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा आपककालीन अवतरण गराइएको थियो। विमानलाई आपतकालीन अवतरण गराएपछि त्यसको ६ घण्टापति यात्रुलाई अर्को विमानमार्फत गन्तव्यमा पुर्याएको संचारमाध्यमले जनाएका छन्। यो भन्दा पहिला पनि ३० जुलाईमा एअर इण्डियाको मिलान जाने एक विमानभित्र मुसा फेला परेको थियो।

0 comments:
Post a Comment