Tamu Loshar at Tudikheel

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं, १५ पुस । बुधबारबाट गुरुङ समुदायको पात्रोमा नयाँ वर्ष प्रारम्भ भएको छ । तमु ल्होछार पर्वका नामबाट परिचित यो पर्व गुरुङ समुदायले आफ्नो बाहुल्यता रहेको क्षेत्रमा धुमधामका साथ मनाएका छन् । राजधानी उपत्यकामा पनि धुमधामसँग तमु ल्होछार पर्व मनाइँदैछ । राजधानीमा बसोबास गर्दै आएका गुरुङ समुदायले टुँडीखेलमा हर्षोल्लासका साथ विविध कार्यक्रमका साथ ल्होछार पर्व मनाएका छन् । हरेक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरि गुरुङ समुदायले यो पर्व मनाउँदै आएका छन् । नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई तमु ल्होछार दिन सार्वजनिक बिदा दिन सुरु गरेको हो ।

गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होछार मनाउने परम्परा छ ।

ल्होछारको अवसरमा काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट परम्परागत झाँकी र बाजागाजासहित र्याली निकालिएको थियो ।र्याली नगरका बिभिन्न स्थान परीक्रमा गर्दै टुँडिखेलमा जम्मा भएको थियो । र्यालीमा सहभागीहरुले जातीय पहिचान झल्किने पोशाक लगाएका थिए ।


भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment