अवैधानिक रुपमा संचालनमा ल्याएका सिटी सफारी धरानमा ट्राफिक जामको मूख्य कारण बन्दै

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

वातावरणमैत्री भन्दै सुनसरीको धरानमा अवैधानिक रुपमा संचालनमा ल्याएका सिटी सफारी विद्युतीय रिक्साको अनुगमन नगर्दा ट्राफिक व्यावस्थापनमा समस्या उत्पन्न भएको छ । अव्यवस्थित रुपमा जथाभावी सवारी संचालन हुँदा धरानमा ट्राफिक जाम सगै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । धरानमा संचालनमा आएका सिटी सफारी कुनै पनि यातायात व्यवस्थामा विभागमा दर्ता भएका छैनन् । यस्तै यसका चालकहरुले पनि चालक अनुमति पत्र लिएका छैनन् । यसरी चालक अनुमतिपत्र नलिएका व्यक्तिले चलाउदा समेत सम्बन्धित निकायले कार्वाही गर्न सकेको छैन । धरानमा सिटी सफारी संचालन गर्नु बाताबरणिय हिसावले अत्यन्तै राम्रो भए पनि विना दर्ता र सवारी चालक अनुमति पत्र नलिइकन चलाउदा पनि ट्राफिक प्रहरी रमिते बन्ने गरेको छ ।



राजनीतिक रुपमा पहुँच भएकाहरुले सिटी सफारी संचालनमा ल्याएका कारण ट्राफिक प्रहरी र यातायात व्यबस्था विभागले कार्वाहि गर्न नसकेको सरोकारवालाहरु बताउँन् । यसरी अवैधानिक रुपमा सिटी सफारी संचालनमा रहेको जानकारी ट्राफिक कार्यालयलाई भए पनि पक्राउ गर्दै जरिवाना लिई छाड्ने गरेको छ । धरान उपमहानगर पालिकाले तत्काल ७० वटा र बढीमा एक सय २५ वटा सिटी सफारीलाई मात्रै सञ्चालन अनुमति दिने निर्णय गत भदौ २९ गते गरेको थियो । सर्वदलीय संयन्त्रले गरेको निर्णय पछिका दिनमा आएका सिटी सफारीलाई अनुमती नदिने भने पनि धरानमा अहिले करिब ४ सयको संख्यामा सफारी गुडिरहेका छन् । जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज एवं प्रहरी सहायक निरीक्षक राजकुमार कार्कीले दर्ता र अनुमतिविना बग्रेल्ती सञ्चालनमा रहेका सफारीले ट्राफिक समस्या निम्त्याइरहेको बताउँनुभयो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment