Binita Baral on "Taskari"

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाण्डौ। नायिका विनिता बरालले अभिनय गरेको चलचित्र सुपरहिटको ‘तस्करीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु फिचरिङमा छन् ।
सार्वजनिक गीतमा स्वर सुरेश राई र निरञ्जन पाण्डेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ । शब्द अभिनेत्री बरालले नै लेखेकी हुन् । माघ २२ देखि प्रदर्शन आउन लागेको यो चलचित्र निर्माणको करिब २ बर्षपछि प्रदर्शन हुन लागेको हो । यो चलचित्रमा विनिता बराल, दिव्य देव, शिशिर राना, मञ्जु श्रेष्ठको मुख्य भूमिका छ । साथमा नयाँ कलाकार सुदाम सीके र महेश त्रिपाठीको पनि अभिनय देख्न सकिन्छ ।
सुरेश राइको संगीत रहेको यो चलचित्रमा निरञ्जन पाण्डे, सौरभ ढकाल र विनिता बरालको कथा, पटकथा तथा संवाद छ । निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रुपमा चलचित्रको निर्देशन गरेका हुन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment