काठमाडौं, २० पुस । गीत संगीत विनानै निर्माण गरिएको चलचित्र ‘पशुपति प्रसाद’को गीत रिलिज गरिएको छ । फिल्मको गीत रिलिज गरिए पनि फिल्म भने गीत समावशे नभएको र प्रचारका लागि मात्रै यो गीत निर्माण गपिरएको चलचित्र यूनिटले जनाएको छ । माघ १५ बाट प्रदर्शनको तयारीमा रहेको ‘पशुपति प्रसाद’लाई लिएर नेपाली सिने उद्योगमा निक्कै आशा राखिएको छ ।
फिल्मको सार्वजनिक गीतमा अनुपम शर्माको शब्द , संगीत र स्वर छ । शर्मालाई गायनमा विजय मल्लले पनि साथ दिएका छन् । गीतमा फिल्ममा नरहने भएपनि रेडियो, टेलिभिनजमा बजाउन चाहियो भन्ने आभाष भएगीत तयार पारेको चलचित्र निर्देशक दिपेन्द्र के खनालले बताएका छन् । फिल्ममा खगेन्द्र लामिछाने, विपिन कार्की , रविन्द्र सिंह बानिया , वर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ ।
0 comments:
Post a Comment