13 lakhs liters petrol will be supplied to private cars in 3 days

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, २० पुष । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा तीन दिन करिब १३ लाख इन्धन लिटर निजी कार र जीपलाई वितरण गर्ने जनाएको छ ।

यही पौष २२, २४ र २७ गते निजी कार र जीपलाई लट अनुसार १५ लिटरका दरले इन्धन वितरण गरिने निगमले जनाएको छ । २२ गते बुधबार १ देखि ६ नम्बर लटका कार र जीपलाई इन्धन दिने जनाएको निगमले २४ गते शुक्रबार ७ देखि १० नम्बर लटका कार र जीपलाई तेल वितरण गर्ने बताएको छ ।

यस्तै २७ गते सोमबार ११ भन्दा माथिका लटका कार र जीपले तेल भर्न पाउने निगमको भनाइ छ । तर इन्धन भर्न जाँदा सवारी साधानको नविकरण भएको ब्लुबुक अनिवार्य शर्त रहेको छ । वितरण गर्नुभन्दा एक दिन अघि नै पम्पमा तेल पर्याउने बताएको निमगका अनुसार बिहान ९ बजेदेखि पम्पमा तेल वितरण सुरु हुनेछ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment