भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
दोहा, पुस २० । कतारको क्रिमिनल अदालतले रोजगारदातालाई हत्या गरेको अभियोगमा एक नेपालीसहित पाँच जना कामदारलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको छ। अदालतले गत बिहीवार नेपाली नागरिक साहताज शेख समेतलाई मृत्युदण्ड दिने फैसला गरेको हो।
उनको पूरा विवरण खुलेको छैन। मृत्युदण्ड दिइएका चार अन्य बंगलादेशी रिबोन खान, दिन इस्लाम अजिज अल रहमान, मुहम्मद रसिद मुहम्मद र मुहम्मद रुसिल हुन्। अदालतमा पेस गरिएको विवरणअनुसार उनीहरुले आफ्नै रोजगारदातालाई निर्माणाधीन भवनको एउटा कोठामा हत्या गरेका थिए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment