शिया धर्म गुरुलाई मृत्युदण्ड दिएको विरोधमा प्रदर्शन, दुताबासमा आगजनी

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं, १९ पुस - साउदी अरेबियामा शिया धर्म गुरु शेख निमर अल निमरलाई मृत्युदण्ड दिएपछि इरानलगायत विश्वका थुप्रैं राष्ट्रमा बिरोध भएको छ।

इरानको राजधानी तेहरानमा प्रदर्शनमा उत्रेका शिया समुदायका ब्यक्तिहरुले सउदी अरबको दूतावासमा प्रवेश गरी आगजनी गरेका छन्। प्रदर्शनकारीहरुले धर्म गुरुको हत्याले निम्त्याउने परिणाम स्वीकार्न सउदी सरकारलाई चेतावनी दिएका छन्।

इरान सरकारले पनि निमरको मृत्युदण्डमा साउदीले ठूलो मूल्य चुनाउनु पर्ने भन्दै रियादले आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ। यसैबीच शिया धर्मगुरु आयोतुल्ला अहमद खातमीले मृत्युदण्डको घटनालाई गम्भीर अपराध भन्दै निन्दा गरेका छन्।

साउदी आन्तरिक मामला मन्त्रालयले आतंकवादी अपराधमा संलग्न रहेको भन्दै शेख निमरसहित ४७ जनालाई मृत्युदण्ड दिएको थियो। सन् २०११ मा पूर्वी प्रान्तमा चर्किएको सरकार विरोधी प्रदर्शन समर्थन गरेको आरोपमा धर्म गुरु निमरलाई मृत्युदण्ड दिइएको हो। विभिन्न १२ स्थानमा दिइएको मृत्युदण्ड पाउनेमा दुई विदेशी नागरिक पनि छन्।

शिया समुदायले आफुहरुलाई अधिकारविहीन बनाइएको भन्दै असन्तुष्टि जनाएका थिए। मृत्युदण्डको विरोधमा साउदीकै शिया बहुल क्षेत्र, इराकलगायत त्यस क्षेत्रमै प्रदर्शन चर्किएको छ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment