10 benefit and unbenefit of drinking water

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

पानी अमृत सरह मानिन्छ । जुनसुकै उमेर समूह देखि जस्तो सुकै रोगीका लागि पनि पानी आवश्यक पर्छ र चिकित्सकहरु पनि पिउन सुझाव दिन्छन् । पानी पिउँदाका फाइदा मात्रै होइन बेफाइदा छन् । पानी पिउने तरिका मिलाउन सके फाइदा हुने छ । साथै पानी पिउँदा बेफाइदाहरु पनि छन् ।

फाइदाहरु -:
१. बिहान उठ्ने वित्तिकै एक गिलास पानी पिउने गरे पेट सफा राख्न सहयोग गर्नेछ भने छालामा भएको रुखोपनमा कमि आउँछ ।

२. विहान उठ्ने बित्तिकै मनतातो पानीमा कागती मिसाएर खाएमा टक्सिक एलिमेन्ट शरिरबाट निकालेर तपाईको इम्यून सिस्टमलाई राम्रो बनाउँछ ।

३. बिहानै धेरै चिसो भन्दा मनतातो पानी खाँदा राम्रो हुन्छ ।

४. यति तपाईमा चिया, कफि धेरै पिउने बानी छ भने ग्रीन टिको सेवन गर्नुहोस् ।

५. मादक पदार्थको सट्टा मनतातो पानीमा कागती मिसाएर खाने गरे डायजेस्टिव सिस्टमलाई राम्रो गर्नेछ ।

६. मोटो शरीर भएकालाई शरीरको तौल घटाउनु छ भने मनतातो पानीमा कागती राखेर खानुहोस् ।

७. पानी पिउने गर्नाले तपाईंको पेटमा भएको एसिडिसी हटाउँछ । यसले तपाईको पेट सफा राख्छ ।

८. हाम्रो मस्तिष्क ९० प्रतिशत पानीले बनेको हुन्छ । यदि हामीले पानी कम पियौं भने हाम्रो टाउको दुख्न सक्छ ।

९. पानीले ज्वरो पनि कम गर्छ ।

१०. हाम्रो मांसपेशीको ८० प्रतिशत भाग पानीले बनेको हुन्छ । पानी कम भयो भने मांसपेशीहरु दुख्ने, खुम्चिने समस्या पनि हुन सक्छ ।
बेफाइदाहरु-:

१. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ ।

२. पानीको ओभरडोजले तपार्इंको शरीर भित्रको सेलहरु ड्यामेजपनि हुन सक्छ ।

३. बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिए त्यसले स्वास्थ्यलाई असर गर्छ ।

४. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ ।

५. स्वास्थ्य विशेषज्ञहरुका अनुसार खाना खाने वित्तिकै चिसो पानी पिउनाले शरीरलाई हानी पुग्न सक्छ ।

६. एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै तपाई पानी नखाएमा ज्यानैपनि जान सक्छ ।

७. खाली पेटमा पनि पानी नखानुहोस् । यसले तपाईंमा सर्दी र जुका पर्न सक्छ ।

८. रोगी तथा स्वस्थ व्यक्तिले पनि आवश्यक भन्दा बढी पिउनु हुँदैन ।

९. दैनिक पिउने कफि र चियाको मात्रा हेरेर पनि पानी पिउनु आवश्यक छ । ४ कप चिया वा कफि पिउँदा ८ गिलास पानीको आवश्यकता पर्दछ । चिया र कफिमा कैफीनको मात्र धेरै हुन्छ । जसल शरीरमा कैफिनको मात्रा धेरै भयो भने रगतको मात्रा कम हुन्छ ।

१०. शरीर रोगमुक्त र स्वस्थ राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । तर असन्तुलितरुपमा पानी पिएमा भने असर गर्छ ।


भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment