भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
स्थानीय उत्तम श्रेष्ठको घरमा घरायसी काम गर्दै आएकी विर्तामोड नगरपालिका वडा नं ६ की सुनिता श्रेष्ठको बिहिबार बेलुका ७ बजेतिर घर जाने क्रममा हत्या गरि नालीमा फालिएको अवस्थामा शव फेला परेको हो । मृतक सुनिताको शव शुक्रबार बिहान स्कुले विद्यार्थीले देखेरे स्थानीयवासीलाई खबर गरेका थिए ।
मृतकको हत्या भएको आशंका गर्दै शसस्त्र प्रहरी जवान पोली दासले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएका छन् । श्रीमान इलाम गएको मौका पारि दुई छोरी र एक छोरा भएकी सुनिताको हत्या गरि नालीमा फालिएको हुन सक्ने स्थानीय बासिन्दाले आशंका गरेका छन् ।
मृतक सुनिताको आसपासमा वाइनको बोतल, बटुको र चम्चा समेत छरपष्ट अवस्थामा रहेको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment