७ घरेलु टिप्स,जसले तपाँइलाइ जाडो र सर्दीबाट जोगाउछ

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

जाडो महिना शुरु भइसकेको छ । काठमाडौ लगायत देशभर जाडो बढ्दैछ । बिषेश गरि जाडोमा हामिले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुराउनु पर्दछ । जाडो महिनामा कयौ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ त कयौलाइ त ज्वरोले पनि सताउने गर्दछ । जसका कारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने स्थिती आउने गर्दछ । तसर्थ जाडोको समयमा आफ्नो स्वास्थ्यको आफै हेर विचार गर्न जरुरी छ । यहाँ जाडो मौसमको समयमा सर्दीबाट बच्ने केही टिप्सहरु दिइएको छ । दिइएको टिप्समा ध्यान दिनुहोस र जाडोबाट बच्नुहोस ।





१.अदुवाको टुक्राको रस २० मि.ली देखि ३० मि.ली. सम्म दिनमा तीन पटक लिनाले र्सर्दीबाट आराम मिल्छ ।



२.दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघी सेवन गर्नुहोस् ।



३.एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक लिनुहोस् ।



४.वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउनुहोस् ।



५.कालो मरिच डढाएर धुवा सुँघनाले बन्द नाक खुल्छ ।



६.अलिकति अदुवा, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।



७.एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।-नेपालपाटी

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment