अनुराधा कोइरालाले भनिन्– गौशालामा १२–१३ वर्ष उमेरका बालिकामाथि यौनशोषण भयो (भिडियो सहित)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं, १७ पुष । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले अझै पनि मुलुकमा महिला बेचबिखन नरोकिएको भन्दै चिन्ता जनाएकी छिन् । काठमाडौंको खिचापोखरीस्थित पार्क प्लाजा मलको शुक्रबार उद्घाटन गर्दै उनले सबै मिलेर काम गर्न सके महिला बेचबिखन र बालबालिको श्रम शोषण अन्त्य गर्न सकिने बताइन ।

आफूले हालै गोशला नजिक केही १२–१३ वर्ष उमेर समूहका बालिकामाथि यौन श्रोषण भइरहेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले सबैको ध्यान यस्ता क्रियाकलाप रोक्ने पट्टी लाग्नु पर्ने धारणा राखिन् । नाकाबन्दी नभएको व्यंग्ग गर्दै उनले यसको नाममा कालोबजारी मौलाएको भन्दै चिन्ता व्यक्त गरिन् । कालोबजारीले माइती नेपालको संरक्षणमा रहेकाहरुलाई खुवाउन समस्या परेका भन्दै तराईका बालबालिकालाई विद्यालय जानबाट रोकेर इन्धन तस्करमा लगाएको बताइन् ।

यस्तै कार्यक्रममा नायिका श्वेता खड्का र कलाकार सुनिल थापाले पनि आफ्नो धारणा राखेका थिए । उक्त मल सात तला रहेको र तीन तलामा व्यापारका लागि खुला भएको छ । सो मलमा लत्ताकपडा देखि विभिन्न किसिमका सामान रहेको जानकारी दिइयो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment