भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
श्रीमती बिरामी भएको भन्दै घर फर्किएका बेल्जियन प्रशिक्षक असेम्सले शनिबार सामाजिक सन्जाल ट्वीटरमार्फत् नेपाल छाड्ने संकेत गरेका हुन् ।

भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएपछि नेपाल आएको एक घन्टामै घर फर्केका असेम्सले नेपाली फुटबल विकासका लागि आफूले योजना सुनाएको भएपनि त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै चासो नदेखाएको भन्दै अब सम्झौता नवीकरण नगर्ने बताएका छन् ।
एन्फासँग व्यवसायिकतामा कमी र भविष्यको कुनै योजना नै नभएको भन्दै उनले असन्तुष्टिसमेत पोखेका छन् । यसैबीच, एन्फा महासचिव धीरेन्द्र प्रधानले असेम्सको भनाइबारे कुनै जानकारी नभएको बताएका छन् ।
प्रतिमहिना ७ लाख रुपैयाँ पारिश्रमिक पाउने गरी तीन महिनाअघि नियुक्त भएका असेम्सको सम्झौता सकिन अझै तीन महिना बाँकी छ । उनले ६ महिनाकै तलब लगिसकेको एन्फाले जनाएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment