ललितपुरबाट प्रधानमन्त्रीलाई लिएर काठमाडौँ आउन लागेको हेलिकोप्टर बिग्रियो

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं, १९ पुस - प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर काठमाडौं आउन लागेको नेपाली सेनाको सुपर पुमा हेलिकोप्टर ललितपुरको गिम्दीमा बिग्रिएको छ।

ललितपुरको गिम्दी–९ सोभानबेंसीस्थित बागमती नदीमा निर्मित झोलुङ्गे पुल उद्घाटन गरेर फर्कनै लाग्दा उड्न तयारी अवस्थाको सेनाको हेलिकोप्टर बिग्रिएको हो।

उड्न इन्जिन चलाइसकेको अवस्थामा अचानक बिग्रेको हेलिकोप्टरलाई काठमाडौंबाट गएको नेपाली सेनाको अर्को टोलीले आधा घन्टा लगाएर मर्मत गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए। प्राविधिक टोलीले मर्मत गरेपछि प्रधामन्त्रीसहितको उच्चस्तरीय सरकारी टोली सोही हेलिकोप्टरमा काठमाडौं फर्केको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment