भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
तुइनलाई विस्थापित गरी निर्माण गरिएको झोलुङ्गेले पुलले यहाँका स्थानीय लाभान्वित भएका छन् । विद्यालय जानका लागि तुइनको प्रयोग गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।
केपी शर्मा
ओली नेतृत्वको सरकारले दुई वर्षभित्र देशभरका तुईनलाई बिस्थापित गरेर त्यहाँ झोलुङ्गे पुल निर्माण गर्ने संकल्प गरे अनुसार निर्माण गरिएको यो झोलुङ्गे पुलको खुबै तामझामका साथ उद्घाटन गरिएको छ ।यहाँ पुग्न काठमाडौंबाट चार घण्टाको कच्ची मोटरबाटो छिचोल्नुपर्छ । मकवानपुरको बेतेनी र ललितपुरको गिम्दी गाविस जोड्ने बागमती नदीमाथि निर्माण गरिएको यो झोलुङ्गे पुल बनेपछि यहाँका बासिन्दाले थोरै भए पनि राहतको महशुस गर्न पाएकाछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टर चढेर पुल उद्घाटन गर्न जुन तामझामका साथ सुवानीबेशी ओर्लिए तर उनी पुल उद्घाटन गर्न भने गएनन् । सिधै भाषण गर्न पटि लागे ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment