डिआईजीकी छोरी हुँ भनि ठगी गर्दै हिड्ने गुल्मी हस्तिचौरकी युवती पक्राउ

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौँ, २० पुस । काठमाडौँ, पोखरालगायतका विभिन्न स्थानमा चिकित्सक तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय प्रहरी परिसरले आज सार्वजनिक गरेको छ ।

गुल्मी, हस्तिचौर–९ की २३ वर्षीया केसीले चिकित्सक सुहाना, अदिती, सृष्टीलगायतका नक्कली नामको प्रयोग गरी विभिन्न कलाकर्मी, युवा तथा होटल व्यवसायीलाई ठगी गर्दै आएको आरोपमा परिसरले उनलाई हिजो सिनामङ्गलबाट पक्राउ गरेको हो ।



उनले ठगी गर्नका लागि चिकित्सक सुहाना केसीको नाममा नक्कली आइडी, फेक भाइबर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिका कागजपत्र र फोटो राखी नेपाल टेलिकम र एनसेलका सिमको प्रयोग गर्ने गरेको, विभिन्न होटलमा गई म डिआइजी सनत केसीको छोरी हुँ भनी परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको र विभिन्न व्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेखदेख गरिदिनु भनी फोन गर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अभियुक्त केसीले एक वर्षअघि पोखराका विभिन्न अस्पतालमा चिकित्सक बनेर बिरामीको जाँच गरेको बहाना बनाउनुका साथै चिकित्सकसँग समेत विवाह गर्ने भन्दै सँगै बसी ठगी गर्दै आएको र सोबारे पोखराको स्थानीय पत्रिकाले समाचार प्रकाशन गरेपछि उनी काठमाडौँ छिरेको प्रहरीले बताएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment