भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
हिबार विहान १०:३५ बजे ओलीले मोदीसँग टेलिफोनमा संवाद गरेका हुन् । करिव २० मिनेट भएको वार्तामा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँबर्ष २०१६ को शुभकामना आदानप्रदान समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्बोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरे ।
नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउने बारे समेत दुई समकक्षीबीच कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताए ।
मोदीसँगको कुराकानीमा ओलीले चार महिना अघिदेखि नेपाल र भारतमा भइरहेको सीमा अवरोधका विषयमा कुरा उठाएका छन् । प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगञ्ज नाका बाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरे । जवाफमा मोदीले आफु सदैव आपूर्ति व्यवस्था सहजहोस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताए ।
मोदीले रक्सौल वीरगञ्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहजभएको भन्दै नेपालकै राजनीतिकदलहरुले उक्त नाकामा प्रदर्शन गर्दा नाका असहज भएको बताए ।
प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेलाआफूले विदेशमन्त्री सुष्मा स्वराजलाई ‘एयरलिफ्ट’ गरेर भएपनि औषधी आपूर्ति गर्न भनेको स्मरण गरेका छन् ।
प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भएको छ । प्रधानमन्त्री मोदीले छिटै भारत भ्रमणगर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् । छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताए । नयाँ पेज बाट ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment