ओली सरकारलाई प्रचण्डले दिए यस्तो चेतावनी

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८१ दिन पुरानो केपी ओली सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा सरकाबाट फिर्ता गर्ने चेतावनी दिएका छन् । पार्टीको तीन नम्बर प्रदेशको दुईदिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गदैं उनले यस्तो चेतावनी दिएका हुन् । दाहालले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिए पनि यसमो समयसीमाबारे भने केही उल्लेख गरेनन्। भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरुका अलोकप्रिय निर्णय र मन्त्रीहरुको कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । ‘सरकारमा बसिराख्दा हाम्रो शिर गिर्ने भयो। कार्यदक्षता देखार्न नसक्ने हो भने हामी त्यहाँ किन बसिराख्नु पर्‍यो ? हामी फर्कने हुन पनस सक्छौँ, प्रचण्डले बैठकमा भने,’सरकार ढल्ने अवस्था सिर्जना नगरौँला। समर्थन दिइराखौँला तर सरकारबाट फिर्ता भएर हामी सबै पाटी निर्माणमा लागौँला।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment