भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
संविधानसभाको दोस्रो निर्वाचनमा पदको दुरूपयोग गरेर उनले खड्ग ओलीलाई रु।१ करोड रूपैयाँ चुनाव खर्च भनेर उपलब्ध समेत गराए । अख्तियार दुरूपयोग अनुसन्धानले छानबिन गर्ने मेसो पाएपछि अख्तियारका केही हाकिमलाई बोलाएर उनले रकम नै दिएर थामथुम समेत पारे । यतिखेर उनै ओलीको कृपाले खतिवडा आयोगको उपाध्यक्ष बनेका छन् । पछिल्लो पटक ओलीले मनलाग्दी तवरले मन्त्रिपरिषद् विस्तार गरेपछि उनै खतिवडा आफूलाई अर्थमन्त्री बनाउनु प¥यो । अर्थसम्बन्धी ‘अ’ समेत थाहा नभएका विष्णु पौडेलसँग मेरो हाइट मिलेन भन्दै उनले मन्त्री बनाउन र नबनाए राजीनामा दिने भन्दै धम्की दिएका छन् । संविधानको संक्रमणकालीन व्यवस्था अनुसार नै आफूलाई मन्त्री बनाउनुपर्ने खतिवडाको बालहठ देखिएको छ ।
उनले प्रधानमन्त्री रहेका ओलीलाई मन्त्री बनाउने भए बनाऊ होइन भने छारस्ट गर्छु भन्दै धम्की दिने गरेका छन् । एक एमाले नेताका अनुसार प्रम ओलीसँग उनको पछिल्लो भेटका अवसरमा म उपाध्यक्ष छाड्छु अर्को एमालेलाई बनाऊ भन्दै अर्थमन्त्री बनाउन भनेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment