अमेरिकामा नासाको जागिर छोडेर मधेश टुक्राउने अभियानमा लागेका सिके राउतका कार्यकर्ता पक्राउ गर्न आदालतको आदेश

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

 देश विखण्डनका लागि मधेसमा ‘जनमत संग्रह’ गर्दै हिँडेका सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा जिल्ला प्रशासनले प्रहरीलाई आदेश दिएको छ ।

सिके राउतका कार्यकर्ताले ‘नेपालमै बस्ने कि मधेसलाई अलग्गै देश बनाउने’ भन्ने दुई विकल्पमा जनमत संग्रहको नाटक मञ्चन गर्न थालेको भन्दै यसलाई क्षम्य मान्न नसकिने सरकारी अधिकारीले बताएका छन् ।

‘यो गम्भीर प्रकारको अपराध हो, देश टुक्र्याउने गतिविधि गर्नु भनेको राज्य विप्लवको अपराध हो,’ सिराहाका प्रमुख जिल्ला अधिकारी डा। मानबहादुर बीकेले अनलाइनखअबरसँग भने( ‘त्यस्तो कार्य गर्दै हिँडेका व्यक्तिहरुको पहिचान गरी तिनीहरुलाई अदालतमा उभ्याइनेछ र राज्य विप्लवमा मुद्दा चलाइनेछ ।’

यस्तो छ सिके राउतको योजना

मधेसलाई नेपालबाट टुक्र्याएर अलग्गै देश बनाउने भन्दै हिँडेका राउतले अहिले मधेसमा गरिरहेको जनमत संग्रहको नाटकलाई अलग्गै देश बनाउने अभियानसँग जोड्ने र यसको फुटेज संयुक्त राष्ट्र संघमा पठाएर मधेसमा सामानान्तर सरकार चलाउने आफ्नो योजना सार्वजनिक गरेका छन् ।


सुरुमा जनचेतना निर्माण गर्ने, त्यसपछि निर्वाचन आयोग गठन गर्ने, मधेसी पार्टीहरुले उमेद्वारी दर्ता गरेर मधेसमा आफ्नै चुनाव गराउने अनि मधेस संसद र मधेस सरकार गठन गर्ने राउतको योजना छ ।

मधेस सरकार र मधेस संसद घोषणा गरेपछि मधेसलाई स्वतन्त्र देशका रुपमा घोषणा गर्ने र प्रतिरक्षा आन्दोरनका साथै राष्ट्र संघलाई गुहारेर जनमत संग्रह गराई नेपालबाट अलग हुने उनको ग्राण्ड डिजाइन छ ।

सरकारले यसअघि पनि सिके राउतलाई राज्य विप्लवमा मुद्दा चढाएको थियो । तर, उनलाई धरौटीमा छाडिएको थियो ।
अमेरिकामा पढेर आएका राजबिराजका राउतले केही वर्षयता तराई मधेसमा स्वतन्त्र मधेसको नारामा आफ्नो गतिविधि गर्दै आएका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment