धुर्मुस सुन्तलीले ८ सय १६ भूकम्प पिडीतको आङ यसरी तताए (फोटोफिचर सहित)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


मिडिया एनपी, काठमाडौं, २० पुस । भुकम्प अघि समाजसेवामा खासै नदेखिएका हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे भुकम्प पछि एकाएक समाजसेवी भएर समाजमा देखिए । उनीहरुको यो समाजसेवा देखावटी नभै सेवामुखी रह्यो । यो सेवालाई यो जोडीले निरन्तरता दिएका छ । यहि क्रममा धुर्मुस सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्प पिडीतलाई न्यानोकपडा दिएका छन् । अत्यधिक चिसोका कारण भूकम्प पिडीतको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन् । धुर्मुस सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिका (NST) ले सिङ्गो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो । चिसो बढेर भूकम्प पिडीतको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २० लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको (NST) ले जनाएको छ । भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जति सक्दो धेरै परिवारलाई न्यानो दिन पहल गरेको सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन् ।

सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केहि मानीसलाई भए पनि चिसोबाट बचाउन आफुहरुले सहयोगका लागि सकेको पहल गरेको उनको भनाई छ । एउटा ठूलो विपद्बाट बाँचेकाहरुको जाडोका कारण मृत्यु हुनु दुखद् कुरा भएकाले जतिलाई सकिन्छ सहयोग गर्ने आफ्नो योजना रहेको धुर्मुस सुन्तलीले सुनाएका छन् । यस अघि धुर्मुस सुन्तली आँफैले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । टहरामा बसीरहेका भूकम्प पिडीतलाई राति शितले झनै समस्या भएकाले न्यानो प्रदान गर्न यस्तो पहल गरेको कुञ्जना घिमीरे (सुन्तली)ले बताएकी छिन् । दिनमा जाडोबाट जसो तसो बाँचेकाहरुलाई पनि रातमा समस्या पर्ने भएकाले न्यानो ब्ल्याङ्केट वितरण गरिएको उनले बताएकी छिन् ।

(NST) का नेपाल संयोजक मधु सुुधन उपाध्यायले भूकम्प पिडीतका लागि पारदर्शी काम गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनमार्फत ब्ल्याङ्कट वितरण गरिएको बताएका छन् । धुर्मुस सुन्तलीले भूकम्पपछि विश्वासीलो र पारदर्शी काम गरेकाले उनीहरुमार्फत सिङ्गो गाविसलाई न्यानो उपलब्ध गराएको उनको भनाई छ । आफुले मात्र धेरैलाई सहयोग गर्न नसकेपछि धुर्मुस सुन्तलीले सहयोगका लागि देश, विदेशमा रहेका नेपालीसँग पहल गरीरहेका छन् । प्राप्त सहयोगलाई भूकम्पबाट बढी प्रभावित क्षेत्रमा पुगेर धुर्मुस सुन्तलीले आफ्नै हातले वितरण गर्ने गर्छन् ।

एक जोडी कलाकारले सिङ्गो गाविसबासीलाई नै न्यानो दिनु आफैँमा ठूलो कुरा भएको स्थानीय जीत बहादुर तामाङले बताएका छन् । चिसोका कारण निकै समस्या भइरहेको समयमा पनि सरकारबाट कुनै सहयोग नपाएको समयमा आफ्नो लागि धुर्मुस सुन्तली नै सरकार भएको अर्की स्थानीय पुतली मगरले खुशि बाँडीन् । रात कटाउन मुस्किल परिरहेको समयमा धुर्मुस सुन्तलीले प्रदान गरेको ब्ल्याङ्केट ओढेर न्यानो सँग सुत्ने भन्दै बराम्चीबासीले खुशि व्यक्त गरेका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment